
लामो समयको अथक प्रयास पछि जिल्लाको कैलाश गाउँपालिका वडा – ८ को आङतीमा राष्ट्रिय प्रशारण लाईनको बत्ती पुगेको छ । स्थानीय सरकारको प्रयास र स्थानी उपभोक्ताहरुको भरपुर सहयोग प्राप्त भएपछि कैलाशको आङतीमा बिजुली बत्ती बाल्न सफला हो । उक्त स्थानमा हाल हाल ७५ घरमा बत्ती बलेको छ । कैलाश गाँउपालिकाका यस अघिका अध्यक्ष र वडा अध्यक्षले उक्त स्थानमा बत्ती बाल्न भरपुर प्रयास गरेका थिए । तर उनिहरुको कार्यकालमा काम सम्पन्न नभए पछि बत्ती बाल्न असफल भएका थिए । तर बाँकी काम नयाँ जनप्रतिनिधीहरुले धमाधम गरे पछि अन्तत आङतीका ७५ घर धुरीले बत्ती बाल्न सफल भएको छ ।
केहि दिन अघि मात्र गाउँपालिका अध्यक्ष लोक बहादुर मुक्तानले आङतीम बिजुली बत्ती बालेर उद्घाटन गरेका थिए । उनले आफ्नो कार्यकाल अवधिमैं कैलाशका सबै वडामा बिजुली बत्ती पुर्याउने प्रतिबद्धता जनाए ।
					प्रतिक्रिया दिनुहोस्
				
				
				 
				