स्थानिय

मनहरी –२ मा हाल सम्मकै उच्च बजेटमा स्ल्याब ढलान हुदै


मनहरी । मनहरी गाँउपालिका वडा नं.–२ मा हाल सम्मकै उच्च बजेटमा स्ल्याब ढलान हुने भएको छ । बागमती प्रदेश सरकारबाट शसर्त अनुदानको रुपमा स्ल्याव ढलानको लागि ९९ लाख ९६ हजार रुपैया को बजेट प्राप्त भए संगै हाल सम्मकै उच्च बजेटमा स्ल्याब ढलान हुन लागेको हो । त्यसमा मनहरी गाँउपालिकाले उक्तिकै रकम थप्दा १ करोड ९९ लाख ९२ पुग्छ । नयाँ वडा अध्यक्षमा राजकुमार पाख्रिन निर्वाचित आए संगै उक्त वडामा हाल सम्मकै स्ल्याव ढलानको लागि बजेज प्राप्त् भएके हो ।

उक्त बजेट कार्यन्वयनका लागि बिहिबार गाँउपालिका उपाध्यक्ष सीता पुलामी मगर सहितको प्राविधिक टोलिले नाँप जाँचको काम सम्पन्न गरेको छ । यस बजेटबाट प्रधान खोल्ची देखि नारायाण चोक ,सीता मावि हुँदै प्रताब थिङको पसल सम्म र नाराण चोक देखि झुल्यान सम्म गरि करिब १हजार ८ सय मिटर बाटो स्ल्याब गर्न तयारी थालेको छ । आज नाँप जाँच सकियो अब टेण्डरको प्रक्रियमा जान्छर असोज सम्ममा काम थालनी हुन्छ –अध्यक्ष पाख्रिनले भने । यो स्लाब ढलान सम्पन्न भए संगै भिमान ,गोगनघारी, सर्सिधाप, ट्यांकी दामर , भुन्द्रुङखोला ,ठाडोखोला , तीनतले लागयत टोलका स्थानियहरुलाई वडा कार्यालय तथा अन्य स्थान सम्म आवात जावत गर्न सजह हुने अध्यक्ष पाख्रिनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button