समाचार

तामाङ चलचित्र संघको अध्यक्षमा विनायक

हेटौंडा  । तामाङ चलचित्र संघको आठौं संघीय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । बौद्धमा शनिबार भएको अधिवेशनले यसअघि उपाध्यक्षको जिम्मेवारीमा रहेका विनायक तामाङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा अमर लामा, उपाध्यक्षमा उत्तर लामा, जोगलाल लामा र महिला उपाध्यक्षमा पुनः सुनिता लुङबालाई जिम्मेवारी दिईएको छ ।

संघको महासचिवमा बुद्ध तामाङ, सचिवमा सुनिता दोङ, कोषाध्यक्षमा राम सिं तामाङ र सह कोषाध्यक्षमा मनिका सिङ्तान पनि सर्वसम्मत हुनुभएको छ ।

सदस्यहरुमा मायादेवी मोक्तान, शम्भु मोक्तान, संजय हुत्त तामाङ, हिरोज लोप्चन, इश्वर लामा, संगीता तितुङ, सञ्चु थोकर, रेसम कुमार स्याउली तामाङ, डोल्मा लामा मोक्तान, सन्तोष गोले, रिना लामा, गोर्खे घिसिङ, दल बहादुर स्याङतान, बिन्दा तामाङ, सुनिल कुमार मोक्तान, छिरिङ तामाङ, भिमा तामाङ र बुद्ध तामाङ रहनुभएको छ ।

नयाँ कार्यसमितिले ३ जना सदस्य मनोनित गरेपछि कार्यसमिति २९ सदस्यीय हुनेछ ।

तामाङ चलचित्रकर्मीहरुको पेसागत हकहित तथा व्यावसायिक विकासका साथै तामाङ भाषा,संस्कृति कलाको संरक्षण प्रवद्र्धनको उद्धेश्यले १६ वर्ष अगाडि तामाङ चलचित्र संघको स्थापना भएको थियो ।

दिपक लामाको अध्यक्षता तथा नेपाली काँग्रेसका युवा नेता गणेश लामाको प्रमुख आतिथ्यतामा भएको अधिवेशनको उद्घाटन समारोहमा अधिवेशन प्रतिनिधिका साथै तामाङ चलचित्रकर्मी, संघसंस्थाका प्रतिनिधि लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button