मनहरी ।मनहरी गाउँपालीका वडा नं ९ मा नेपाली कांग्रेसका राजकुमार श्रेष्ठ विजयी भएका छन्। आज भएको अन्तिम मतगणनामा ९ नं. वडाबाट प्रतिष्पर्धाका साथ वडाअध्यक्ष पदमा श्रेष्ठ विजय भएका हुन् । प्रतिष्पर्धि नेकपा एमालेलाई १ सय ५१ मतको फराकिलो मतान्तर सहित उनी विजयी भएका थिए । यता वडासदस्यहरुमा भने सम्पुर्ण प्यानलनै नेकपा एमालेका विजयी भएका छन् । ९ नं वडामा खसेको कुल २ हजार ४ सय ३९ मतमा नेकपा एमालेका लक्ष्मण उप्रेतीले ८ सय ५७ मत प्राप्त गर्दा श्रेष्ठले एक हजार आठ मत प्राप्त गरेका हुन् । यस्तै नेकपा माओवादी केन्द्रले १ सय ८७ मत प्राप्त गरी तेस्रो भएको छ ।
प्रतिक्रिया दिनुहोस्
