
मनहरी । मनहरी गाँउपालिका वडा नं.–४ का अतिविपन्न तथा गरिव बलबालिकालाई खाद्य सामाग्री वितरण गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि ९जना अतिविपन्न तथा गरिव बलबालिकालाइ दाल, चामल , नुन ,गेडागुडी लगाएतका खाद्य सामाग्री वितरण गरिएको हो । सिविन नेपालद्वारा प्राप्त खाद्य सामाग्रीलाई मनहरी गाँउपालिका वडा नं.–४ का अध्यक्ष प्रकाश थापाले बलबालिकालाई हस्तान्तरण गरिएके हो ।
खाद्य अधिकार सबैको समान हुने पर्ने बताउदै अध्यक्ष थापाले आफ्नो वडा भित्र रहेका गरिव तथा विपन्न परिबारका बालबालिकालाई खानाबाट वञ्चित हुन नदिन आफु संधै तत्पर रहेको बताए । कार्यक्रममा सिविन नेपालका सहजकर्ता सुस्मिता बस्नेतको उपस्थीत रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्
