
कैलाश । कैलाश गाउँपालिकाले आर्थिक वर्ष २०८२/२०८३ को लागि ५३करोड ८६ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ । मंगलबार गाउँपालिकाले १६ औं गाउँ सभाको आव्हहान गरि उक्त बजेट ल्याएको हो ।
सभामा अध्यक्ष लोकबहादुर मुक्तानले युवालाई लक्षित कृषि, ‘एक घर एक धारा’, ‘एक घर एक शौचालय’, हाटबजार, कृषक परिचयपत्र, पशु बीमा, चेली प्रोत्साहन, स्वास्थ्य शिविर, पोषण प्रवर्द्धन, किशोरी र जेष्ठ नागरिकसँग अन्तरक्रियाजस्ता कार्यक्रम निरन्तरता र सुदृढीकरणमा जोड दिएका छन्।
उपाध्यक्ष बालकुमार मल्लले बजेट प्रस्तुत गर्दै ५३ करोड ८६ लाख २० हजार आम्दानी प्रक्षेपण र चालु खर्च ३२ करोड ८२ लाख, पूँजीगत खर्च २१ करोड ४ लाख रहेको जानकारी दिए।
पूर्वाधारमा १६ करोड ४४ लाख, सामाजिक क्षेत्रमा करिब २३ करोड ५० लाख, आर्थिक क्षेत्रमा करिब २ करोड ७७ लाख, सुशासन, वातावरण र विपद् व्यवस्थापनमा पनि बजेट छुट्याइएको छ। सभामा ७ जना चेलीलाई नगदसहित सम्मान गरिएको थियो।






