खेलकुद

साफ यू– २० च्याम्पियनसिप : नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दै


काठमाडौं । साफ यू– २० च्याम्पियनसिप फुटबलअन्तर्गत आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ । माल्दिभ्सविरुद्ध ४–० को सानदार जितपछि उच्च मनोबलका साथ नेपाल श्रीलंकाविरुद्धको खेलमा मैदान उत्रनेछ ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी प्रतियोगितामा नेपाल र श्रीलंकाबीचको खेल साँझ सवा ७ बजेबाट खेल सुरु हुनेछ । पहिलो खेलबाट स्पष्ट तीन अंक जोडेको नेपाल श्रीलंकासँग पनि स्पष्ट जितको खोजीमा छ ।

नेपालले सिनियर राष्ट्रिय टोलीको समेत अनुभव बटुलिसकेका आयुष घलानको कप्तानीमा प्रतियोगितामा भाग लिइरहेको छ । आजको खेलमा पनि नेपाली समर्थकले घलानका अतिरिक्त दीपेश गुरुङ, सुगम सुवाल, क्रितिशरत्न छुन्जु, मनग्य नकर्मी, गोलरक्षक ईश्वर गुरुङबाट उत्कृष्ट प्रदर्शनको आशा गरेका छन् ।

नेपालले तेस्रो खेलमा १५ साउनमा आयोजक भारतको सामना गर्नेछ । राउन्डरोबिनको अन्तिम खेल नेपालले १७ साउनमा बंगलादेशसँग खेल्नेछ । सहभागी पाँच टोलीको राउन्डरोबिनपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button