
मनहरी । नेकपा माओवादी केन्द्र मनहरी गाउँ कमिटीको तेस्रो सम्मेलन आज सम्पन्न भएको छ ।
आज भएको सम्मेलनबाट पार्टी गाउँ कमिटीले नयाँ नेतृत्व पाउनु पर्नेमा नेतृत्वमा सहमति हुन नसके पछि भोलि सर्वसम्मतको प्रयास गर्ने गरि आज छलफल स्थगित गरिएको छ ।
अध्यक्ष ,उपाध्यक्ष र सचीवमा आकाङ्क्षीहरु बढी देखिए पछि आज गाउँ कमिटीले पुर्णता पाउन सकेनन् ।
अध्यक्षमा वीर बहादुर घलान ( आनन्द) ,गोबिन्द गलान र एकराज पुरी गरि ३ जनाले आकाङ्क्षा व्यक्ता गरेका छ्न भने उपाध्यक्षमा ईस्वारी सुनार , बिजय लम्साल , डम्बर बहादुर मोक्तान र ईस्वर कालाखेती गरि ४ जनाले आकाङ्क्षा व्यक्त गरेका छन त्यसै गरि सचिवमा राजकुमार स्याङबो र श्रीकृष्ण ढकाल गरि २ जनाले आकाङ्क्ष व्यक्त गरेका थिए ।
निर्वाचन कमिटीले अधिकतम सहमतिको प्रयास गर्दा आज निष्कर्ष बिहिन भए पछि सहमतिको प्रयासमा लागि भोलि १० बजे सम्मेलन स्थलमा बोलाईएको छ ।
निर्वाचन कमिटीका संयोजक खुशीलाल मुक्तानका अनुसार कोषाध्यक्षमा लक्ष्मी खड्का सर्वसम्मत रुपमा निर्वाचित भएको जनाएको छ भने सदस्यहरुमा सर्वसम्मत भइसकेको जनाएको छ ।






